धरान उपमहानगर : बराह सहकारीपीडितको प्रदर्शन, मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धरान उपमहानगर : बराह सहकारीपीडितको प्रदर्शन, मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीको निसानामा स्थानीय सरकार परेको छ ।

आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपराह्न ४ बजेतिर तीन सय जति प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए । नगर प्रहरीको घेरा तोडेर आन्दोलनकारीले मेयरको कार्यकक्ष तोडफोड गरेका छन् । सो क्रममा झ्यालका केही सिसा फुटेको छ ।

बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुःख दिइएको भन्दै पछिल्लो एक वर्षदेखि धरानका २० वटै वडाका निक्षेपकर्ता आन्दोलनमा छन् । 

२०७८ पुस २३ गतेको बराहको १२औँ साधारण सभामा सहकारी नाफामा रहेको भन्दै सेयर बाँडिएपछि पीडित बचतकर्ताहरूले आफ्नो हिसाबकिताब खोज्दै प्रदर्शन गरिरहेका हुन् ।

पीडितहरूले आफ्नो माग राख्दा कुरा सुन्न छाडेर ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भनेर मेयर साम्पाङले भनेपछि आफूहरू आक्रोशित भएको एक सेयर सदस्यले बताएका छन् ।

पीडितहरूको आज पनि उपमहानगरपालिका कार्यालयमा दबाब कार्यक्रम राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस