पुनर्बहालीपछि अर्थमन्त्रीको पहिलो निर्णय : निक्षेप बीमा ५ लाखसम्म « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पुनर्बहालीपछि अर्थमन्त्रीको पहिलो निर्णय : निक्षेप बीमा ५ लाखसम्म


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निक्षेप बीमाको सीमा बढाएर ५ लाख पुर्‍याउने निर्णय गरेका छन् ।

अर्थमन्त्रीमा पुनर्बहाली भएपछि मन्त्री शर्माले बजेटमा उल्लेख भएअनुसार निक्षेप बीमाको विद्यमान सीमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गरेका हुन् ।

बजेटमा अनाधिकृत व्यक्तिलाई संलग्नता गराएको आरोप लागेपछि संसदीय छानबिन समिति गठन भएसँगै शर्माले राजीनामा दिएका थिए ।

संसदीय छानबिन समितिले शर्मामाथि लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको भन्दै प्रतिवेदन बुझाएपछि अर्थमन्त्रीमा पुन शर्मा नै नियुक्त भएका हुन् ।

बजेटको ३३३ नम्बर बुँदामा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित संरक्षण कार्यक्रम र लघु बीमा सहयोग कार्यक्रमको दायर विस्तार गर्ने र निक्षेप बीमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस