अर्थमन्त्रीमा फेरि शर्मा, बेलुका शपथको तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्रीमा फेरि शर्मा, बेलुका शपथको तयारी


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ।

पार्टी अध्यक्ष प्रचण्डले आज (आइतबार) बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् ।

सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो ।

‘अध्यक्षले प्रधानमन्त्रीकहाँ स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गर्न निर्देशन दिनुभएको छ, उहाँको आजै बेलुका शपथ हुन्छ’, श्रोतले भन्यो ।

शर्माको नियुक्तिका लागि सिफारिस पत्र बोकेर आइतबार बिहानै प्रचण्ड बालुवाटार पुगेका थिए । अब सरकारको सिफारिसअनुसार राष्ट्रपतिले शर्मालाई नियुक्ति गरेर शपथ गराउनेछिन् ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस