२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्मा निर्दोष प्रमाणित भइसक्नुभयो : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिबाट पनि त्यही आएको बताएका छन् ।

प्रेस सेन्टर बैठकमा कार्यक्रममा शुक्रबार प्रचण्डले भने, ‘संसदीय छानबिनका लागि १० दिनको टाइम दिइयो । ७ दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’

शर्माले ल्याएको बजेटको राम्रो प्रचार हुन थालेपछि करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको भनेर प्रचार गरिएको दाबी प्रचण्डको छ ।

प्रचण्डले भने, ‘यो बजेट राम्रो छ भन्ने हुँदै थियो सबैतिर, सबैले त्यसलाई स्वागत गर्दै थिए । राती १२ बजे अनधिकृत मान्छेलाई ल्यायो, करका दरमा हेरफेर गर्‍यो । अर्थमन्त्रीलाई कारवाही गर्नुपर्छ भनेर यतिधेरै प्रचार गरियो ।’

छानबिनको कुरा उठाएपछि आफूले त्यसलाई स्वीकार गरेको भन्दै प्रचण्डले अघि भने, ‘ अनि मैले नै छानबिन गरम ल भनेको । खाएको विष पो लाग्छ, नखाएको लाग्दैन नि । छानबिन गर्न तयार भयौं। संसदीय छानबिन भयो ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेतिर संकेत गर्दै उनले एसपीपीमा संलग्न भएको प्रमाण सार्वजनिक भएपछि विक्षिप्त भएर अर्थमन्त्रीको कुरा चर्को गरि उठाएको दाबी गरे । ‘एसपीपीबारे डिबेट उठेपछि केही मान्छेहरुको टाउको दुख्यो,’ प्रचण्डले भने, ‘बदनाम हुने भइयो, बडो राष्ट्रवादी छवि भनेर जनतालाई भ्रम दिएकाहरु एकपछि अर्को राष्ट्रघात पो गरेका रहेछन भन्ने प्रमाण प्रस्तुत भएपछि तिनीहरु विक्षिप्त भए ।’

प्रतिक्रिया दिनुहोस