आज महाकाली र कन्काईमा बहाव उल्लेख्य बढ्ने ,सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आज महाकाली र कन्काईमा बहाव उल्लेख्य बढ्ने ,सतर्कता अपनाउन आग्रह


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पारिगाउँस्थित महाकाली र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

आज इलाम, झापा, मोरङ, धनकुटा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, म्याग्दी, पर्वत, बागलुङ, बर्दिया, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ ।

केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । ती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस