बैतडीमा राहदानी र नागरिकता बनाउनेको सङ्ख्यामा वृद्धि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा राहदानी र नागरिकता बनाउनेको सङ्ख्यामा वृद्धि


१२ श्रावण २०७९, बिहिबार


बैतडी । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको दुई वर्षको तथ्याङ्कले कुराको पुष्टि गरेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा आठ हजार ५१४ जनाले नागरिकता बनाएका छन् । सो कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार एक वर्षको अवधिमा चार हजार २५७ पुरुष र चार हजार २५७ महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् ।

यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका उनले बताए । यसका साथै गत वर्ष पाँच हजार १७९ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा पाँच हजार ५६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए ।

यसैबीच गत वर्ष प्रशासनबाट ६२२ जनालाई राहदानी वितरण गरिएको छ । यसका साथै द्रुत सेवाका लागि ८०६ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा यहाँका ३९२ लाई राहदानी वितरण गरिएकामा ४३१ जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस