हेरफेरसहित थप ६० अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हेरफेरसहित थप ६० अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । विभिन्न निकायमा कार्यरत ६० अधिकृतको सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा प्रकाशित सुचीलाई हेरफेरसहित थप अधिकृतहरुलाई विभिन्न निकाय तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको हो ।

निजामतीमा बिकृतीको रुपमा लिइएको सरुवा यतिबेला चरम अवस्थामा पुगेको छ । प्रशासनिक नेतृत्वको सोझोपनको फाईदा उठाउदै केही टाठा कर्मचारी तथा मन्त्रीको सचिवालयले गज्जबको फाईदा उठाईरहेको मन्त्रालय स्रोत बताउछ ।

केही दिन अघि मात्रै यौटा सुची प्रकाशन गरिएको थियो तर रातारात उक्त सुची सच्याउदै अर्को सुची बन्यो ।

स्वभाविक रुपमा गर्ने तथा कतिपय अवस्थामा ब्यबहारिक हेर्ने भन्दापनि ‘खेती’ कै रुपमा बाली भित्र्याउन खोज्दा यतिबेला सामान्यमा मेला लागेको छ । जसभित्र ‘खेताला’देखी ‘ठेकेदार’ र ‘तालुकदार’सम्मका आ-आफ्नै ‘शर्त’ र ‘दर’ कायम छ ।

सम्बन्धित समाचार : ३३ शाखा अधिकृतको पदस्थापन, हेर्नुहोस् को कहाँ ?

Tags :
प्रतिक्रिया दिनुहोस