सवारी चालक अनुमतिपत्र परीक्षा अब विराटनगरबाट पनि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सवारी चालक अनुमतिपत्र परीक्षा अब विराटनगरबाट पनि


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । मोरङको विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा दिन पाइने भएको छ । 

प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको हो।  

साउन ११ गते  बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्नेगरी सेवा सञ्चालनमा आएको  मन्त्रालयले जनाएको छ। प्रदेश १ मा इटहरी, बिर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट ट्रायल दिने व्यवस्था छ ।

विराटनगरबाट नै यातायातका काम हुने भएकाले  सेवाग्राहीलाई थप सहज हुने छ। 

Tags :
प्रतिक्रिया दिनुहोस