सीटीईभीटीले प्रि-डिप्लोमा, डिप्लोमा र प्रमाणपत्र तहमा छात्रवृत्ति कोटाका लागि माग्यो आवेदन  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सीटीईभीटीले प्रि-डिप्लोमा, डिप्लोमा र प्रमाणपत्र तहमा छात्रवृत्ति कोटाका लागि माग्यो आवेदन 


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०७९-०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो । 

योग्यता पुगेका नेपाली नागरिकले साउन २९ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ । 

यसैगरी, परिषद्ले प्रि-डिप्लोमा तथा प्रमाणपत्र तहका लागि पनि आवेदन आह्वान गरेको छ । यसका लागि पनि साउन २९ गतेभित्र फारम भरिसक्नु पर्ने परिषद्ले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचना !

 

Tags :
प्रतिक्रिया दिनुहोस