पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुने


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । 

प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले रु छ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । जुन पुरस्कार नेपालमा दोहरीतर्फको अहिलेसम्मकै सर्वाधिक राशिको रहेको उनको भनाइ छ ।

यसैगरी द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः रु चार लाख, रु दुई लाख र रु एक लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमबाट रु ५५ लाख आम्दानी भई खर्च रु ३९ लाख ५० हजार कटाएर रु १५ लाख ५० हजार बचत हुने अनुमान आयोजकको छ । प्रतियोगिताको पुरस्कारमा मात्र रु १४ लाख ५० हजार खर्च हुनेछ ।

एक समूहमा महिला र पुरुष एक-एक जना गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकले नै गर्ने छ  

Tags :
प्रतिक्रिया दिनुहोस