बझाङमा शिक्षक तथा कर्मचारीसहित ११ जना जुवाडे पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बझाङमा शिक्षक तथा कर्मचारीसहित ११ जना जुवाडे पक्राउ


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । बझाङमा ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका-९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय विष्णु मण्डेलको घरमा जुवा खेलिरहेको अवस्थामा छापा हानेर उनीहरूलाई पक्राउ गरिएको बझाङ प्रहरीले जानकारी दिएको छ । 

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-९ देवलका दीपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ बस्ने नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका-२ का वीरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र घरधनी विष्णु मण्डेल रहेका छन् ।

उनीहरू मध्ये अधिकांश सरकारी सेवाबाट अवकाश पाएका कर्मचारी रहेका छन् भने केही व्यापारी र स्थानीय किसानहरू रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस