जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी, चारको अवस्था गम्भीर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी, चारको अवस्था गम्भीर


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।

जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. नीरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर छ ।

उनीहरूलाई थप उपचारका लागि बुधबार अपराह्न त्रिशूली अस्पताल लगिएको छ । 

उपचारका लागि अस्पताल आएका बिरामी लमजुङ तथा रसुवाका रहेको डाक्टर फोजुले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस