५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । केपी ओली सरकारको पालामा नियुक्त ५२ जना संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामाथिको सुनुवाइ फेरि स्थगित भएको छ ।

विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो ।

उनीहरुले उठाएको मागका सवालमा इजलासले केही आदेश गर्ने अपेक्षा छ ।

सुनुवाइ सुरु हुनासाथ विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरुले संवैधानिक निकायलाई पनि विपक्षी बनाउनुपर्ने र उनीहरुबाट लिखित जवाफ आउनुपर्ने माग गरेका थिए ।

उनीहरुले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखे ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए । त्यसपछि सुनुवाइ स्थगित भएको हो ।

विपक्षी बनाइएकाहरुका कानुन व्यवसायीहरुले अघि सारेका मागबारे लिखित आदेश हुन सक्ने एक कानुन व्यवसायीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस