खोलाले बगाएर वडा सदस्यको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खोलाले बगाएर वडा सदस्यको मृत्यु


११ श्रावण २०७९, बुधबार


ढल

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ।

बेलकोटगढीको वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले मंगलबार साँझ बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए।

खेतमा काम गरेर फर्कने क्रममा वडा नम्बर १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो।

तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले० बाट उनी महिला सदस्यमा निर्वाचित भएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस