स्थानीय तहमा ४१ प्रतिशत युवा निर्वाचित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्थानीय तहमा ४१ प्रतिशत युवा निर्वाचित


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१.१४ प्रतिशत युवा निर्वाचित भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ अर्थात् ४१.१४ प्रतिशत युवा निर्वाचित भएका छन्।

प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा दुई सय ३४ युवा निर्वाचित भएका थिए।

नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्ने गरिन्छ। वडाध्यक्षमा दुई हजार तीन सय १२, महिला सदस्यमा तीन हजार दुई सय ३३, दलित महिला सदस्यमा तीन हजार छ सय ६ र सदस्यमा चार हजार ८१९ निर्वाचित भए।

४१ देखि ६० वर्षका ५२ दशमलव २७ प्रतिशत, ६१ देखि ८० वर्षका ६ दशमलव ५२ प्रतिशत र ८० भन्दा माथिका ०.०४८ प्रतिशत निर्वाचित भएका छन्।

आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका १८ हजार तीन सय ४७ र ६१ देखि ८० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक दुई हजार दुई सय ९१ निर्वाचित भएको आयोगले जनाएको छ।

८० वर्षभन्दा माथिका १७ निर्वाचित भएका छन्। वडाध्यक्ष तीन, चार दलित महिला सदस्य र १० वडा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचनमा कूल ३५ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस