२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक पक्राउ

अ+ अ-

काठमाडौँ । १९ वर्षीया एक नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरमा नाम कहलिएका कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन् ।

छात्राको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राख्न म्याद थप भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) शान्तिराज कोइरालाका अनुसार पक्राउ पर्नेमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी छन् ।

विराटनगर महानगरपालिका–३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक–पटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ । एसपी कोइरालाले थुनामा राखेर थप अनुसन्धान गरिरहेको बताएका छन् । 

सुवेदीको साथ लिएर राउतले छात्रालाई होटेलमा लगेर बलात्कार गर्ने गरेको र त्यसको भिडियो समेत बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कोइरालाले बताए ।

प्रहरीका अनुसार पीडकले ‘भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याएर आफूमाथि पटक–पटक बलात्कार गरेको’ छात्राले बयान दिएकी छन् । ती छात्राले आफू अन्यायमा परेको भन्दै न्यायका लागि प्रहरीसमक्ष आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस