सलादमा कपालको गुजुल्टो भेटिएको गुनासोपछि बसेरा बुटिक होटेलमा खाद्य विभागको छड्के « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सलादमा कपालको गुजुल्टो भेटिएको गुनासोपछि बसेरा बुटिक होटेलमा खाद्य विभागको छड्के


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्रसँगै जोडिएको बसेरा बुटिक होटेलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेको छ । सलादमा कपालको गुजुल्टो भेटिएको भन्ने एक सहसचिवकै गुनासोपछि विभागको टोलीले निरीक्षण गरेको हो । साउन ५ गते वाणिज्य मन्त्रालयको बैठकमा सहभागी एक सहसचिवले कपाल भेटिएको बताएका थिए । 

टोलीले तीन वटा किचनको अनुगमन निरीक्षणका क्रममा सलाद तयार गर्न सुमा ट्याब प्रयोग गरेको भेटिएको छ भने पकौडा तार्न प्रयोग भइरहेको तेलको गुणस्तर टीपीएम मिटर बाट मापन गर्दा २८ भेटिएकोले अन्दाजी २ लिटर तेल नष्ट गरेको विभागले जनाएको छ । 

बेकरी बनाउन प्रयोग हुने कच्चा पदार्थहरूको म्याद गुज्रिएको भेटिएकोले सुगर पेस्ट २.५ के.जी, चकलेट क्यूब ५०० ग्राम  तथा ३ बोतल रङ्ग नष्ट गरिएकोसमेत विभागले जनाएको छ । 

विभागले सलादको नमुनासमेत संकलन गरेको छ ।

विभागका अनुसार किचनको सरसफाइ, खाद्य पदार्थहरूको भण्डारण, किचनमा प्रयोग हुने पानीको परीक्षण प्रतिवेदन, कर्मचारीहरूलाई खाद्य स्वच्छता सम्बन्धी तालिम तथा नष्ट गर्ने तेलको अभिलेखसहित सात दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

सिंहदरवारको ‘सुरक्षा चुनौती‘का बिच निर्माण गरिएको होटेलमा पछिल्लो समय सिंहदरवारभित्रका धेरै कार्यक्रमहरू आयोजना गरिँदै आइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस