राष्ट्रपति मुर्मूले लिइन् शपथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति मुर्मूले लिइन् शपथ


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । भारतको राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई प्रधानन्यायाधीश एनभी रमानाले आज (सोमबार) आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

शपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए ।

कार्यक्रममा मुर्मूको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो ।

६४ वर्षीय मुर्मू भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन्

Tags :
प्रतिक्रिया दिनुहोस