२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनको डम्फूमात्रै बजाएर बस्न सकिँदैन : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका छन् ।

पार्टीको सङ्गठन विस्तारको काम अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आगामी मङ्सिर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब गठबन्धनको ‘डम्फु बजाउने काम’ छोडेर पार्टीको सङ्गठन सुदृढीकरणको काममा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

पार्टी निकट नेपाल तामाङ सङ्घ समाजवादीले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । यस क्रममा उनले आगामी आम निर्वाचनमा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबीसमेत गरेका छन् ।

स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले तपाईँहरूलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौँ । अब मङ्सिर महिनामा चुनाव आउँदै छ । सम्भवतः मङ्सिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अब कति दिन हामीले गठबन्धनको डम्फु बजाएर बस्ने ? अब डम्फु बजाउने होइन । अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो । त्यो बेला हामीले गठबन्धन भएपछि त जितिहालिन्छ ।’

यसैबिच उनले स्थानीय तह निर्वाचनका बेला आफूहरूले सङ्गठन बनाउने वा विस्तार गर्ने काममा ध्यान नदिँदा गठबन्धन दलबाट अपेक्षा अनुरूप सहयोग नपाएको गुनासोसमेत गरेका थिए ।

उनले भनेका छन्, ‘सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउँथ्यौँ होला । २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन । यो कुरालाई बुझ्नुपर्ने आवश्यकता छ । नेपाली काँग्रेस एउटा शक्तिको रूपमा उदाएको छ । हिजोदेखिको इतिहास भएको हुनाले एमाले पनि खुम्चिँदै गएको भएता पनि त्यो दोस्रो शक्तिको रूपमा छ भने अनि माओवादीले पनि यस बिचमा जनयुद्ध लडेर आउने क्रममा आफ्नो हैसियत देखाएको छ । हाम्रो पार्टी यति छोटो समयमा विद्रोह गरेर, नयाँ क्रान्तिकारी चेत लिएर आएको हाम्रो पार्टीले आफ्नो छुट्टै शक्ति देखाउन अवस्था छ । अहिले हाम्रो प्रतिनिधिसभामा समानुपातिकसहित २४ सिट छ । १२ जना प्रत्यक्षबाट निर्वाचित छौँ हामी प्रतिनिधिसभामा । त्यसलाई त घटाउन सक्दैन कसैले पनि । त्यो हुनाले अरू पार्टीभन्दा हाम्रो हैसियत कमजोर हुने होइन नि ।’

प्रतिक्रिया दिनुहोस