३६ जना उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३६ जना उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । सरकारले ३६ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ३६ जना उपसचिवको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेको उपसचिव सुभाष न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । देव चुली नगरपालिका, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल माधवनारायण नगरपालिका रौतहटको प्रमुख प्रशासकीय अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका उपसचिव विनय कुमार सोनुलाई रङ्गेली नगरपालिका मोरङको प्रमुख प्रशासकीय अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भविश्वर घिमिरे र लाल बहादुर गुरुङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा सरुवा गरिएको छ ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव भूदेव झालाई बरहथवा नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने सुमन अधिकारीलाई भानु नगरपालिका तनहुँ, सुमन धिताललाई भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्रालय, सुवास पौडेललाई गृह मन्त्रालय र रोशन अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा सरुवा गरिएको छ ।

यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव जनक थापालाई ईशनाथ नगरपालिका रौतहटको प्रमुख प्रशासकीय अधिकृत, विमला रोका श्रेष्ठलाई उपराष्ट्रपतिको कार्यालय काठमाडौँ, अर्जुन राईलाई भोजपुर नगरपालिका भोजपुर, अजय बर्तौला र एकदेव खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीमा सरुवा गरिएको छ । 

प्राप्त विवरण अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव विनोद कुँवरलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, नवराज अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा काज, भानु नगरपालिका तनहुँका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी, सिद्धिचरण नगरपालिका ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृत विनोद दाहाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी र विदुर नगरपालिका नुवाकोटका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासैनीको देवचुली नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सरुवा भएको छ ।

यसैगरी लेकबेसी नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खरेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव गणेशमान सिं राईलाई पाँचखपन नगरपालिका सङ्खुवासभाको प्रमुख प्रशासकीय अधिकृत, प्रदीप पौडेल देव दह नगरपालिका रुपन्देहीको प्रमुख प्रशासकीय अधिकृत, रत्न नगर नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेललाई भीमेश्वर नगरपालिका दोलखा र छविलाल सुबेदीलाई रत्न नगर नगरपालिका चितवनको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । 

प्राप्त विवरण अनुसार बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यालाई पन्चपुरी नगरपालिका सुर्खेतको प्रमुख प्रशासकीय अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कृष्ण प्रसाद सापकोटा बर्दघाट नगरपालिका नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को प्रमुख प्रशासकीय अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीका उपसचिव केशव प्रसाद उपाध्यायलाई कालिका नगरपालिका चितवन र कालिका नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । 

काज राष्ट्रिय कितावखाना(शिक्षक) छाउनीका उपसचिव सुभाकर पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव नरेन्द्र पौडेललाई जिल्ला समन्वय समितिको कार्यालय तेह्रथुम, भीमेश्वर नगरपालिका दोलखाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्कालाई रामग्राम नगरपालिका नवलपरासी(बर्दाघाट सुस्ता पश्चिम)को प्रमुख प्रशासकीय अधिकृत, रामग्राम नगरपालिका नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम)का प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डे कपिलवस्तु नगरपालिका कपिलवस्तुको प्रमुख प्रशासकीय अधिकृत, सिद्धार्थनगर नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम मरासिनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को ज्ञानराज लम्साललाई परोहा नगरपालिका रौतहटको प्रमुख प्रशासकीय अधिकृत र बेलका नगरपालिका उदयपुरका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाको सुन्दरहरैचा नगरपालिका मोरङको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको प्रशासन सिंहदरवार स्रोतले जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस