आज यी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

आज यी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ। देशका केही नदीहरूमा आज (शुक्रबार) पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी, हम्पचुवारस्थित सुनकोसी, देवघाटस्थित नारायणी, वेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

यस्तै, समजीघाटस्थित भेरी, पारिगाउँस्थित महाकाली, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । अरू केही ठुला नदीमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस