पेस्तोलसहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ३१ जेष्ठ २०८१, बिहिबार
   

पेस्तोलसहित भारतीय नागरिक पक्राउ


६ श्रावण २०७९, शुक्रबार


लमजुङ । यहाँ पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बेँसीसहर नगरपालिका–१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

शङ्कास्पद गतिविधिमा गत बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि हिजो (बिहीबार) साँझ ती युवालाई सार्वजनिक गरिएको हो ।

उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ ।

आज जिल्ला अदालत लगेर म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस