साउन २१ सम्म वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

साउन २१ सम्म वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गरिसक्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशन २०७८ संशोधन गर्दै वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीलाई चौथो त्रैमासको आन्तरिक वित्तीय प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशित गरिसक्न निर्देशन दिएको हो । यो सीमा यसअघि एक महिनाको थियो ।

यस्तै हरेक त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन ७ दिनभित्र राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गर्न पनि भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस