कृषि मन्त्री यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कृषि मन्त्री यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज (बिहीबार) मन्त्रालयमा भेटवार्ता भएको छ ।

सो क्रममा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश सन्जेलले जानकारी दिए ।

नेपालबाट गर्नुपर्ने सबै प्रक्रिया पुरा भइसकेको भए पनि भारतबाट मल नआएका कुरा कृषि मन्त्री यादवले राखेका थिए ।

त्यसको जवाफमा राजदूत श्रीवास्तवले आफू नयाँ भएको कारणले के कस्तो काम अगाडि बढेको पूर्ण जानकारी नरहेको बताउँदै त्यसको बारेमा थप जानकारी लिएर मल चाँडै ल्याउन पहल गर्ने बताएको मन्त्रालयले जनाएको छ ।

सो क्रममा नस्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात, उखु तथा कफीको ग्रेमप्लज्म आयात, पशुपन्छीजन्य महामारी र अन्य रोग नियन्त्रणलगायतका विषयमा पनि कुराकानी भएको कृषि मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस