५.८७ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५.८७ अङ्कले घट्यो नेप्से


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । लगातार ८ दिनको वृद्धिपछि आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५.८७ अङ्क घटेको छ ।

सो अङ्कको कमीपछि नेप्से २०४४ अङ्कमा कायम भएको छ । कुल १ अर्ब ६४ करोडको कारोबार भयो । बैङ्किङ र अन्यबाहेकका सबै उपसमूह घटेका छन् ।

बैङ्किङ २ र अन्य १६ अङ्क बढे । विकास बैङ्क ३४, फाइनान्स १५, होटल तथा पर्यटन २०, जलविद्युत १४, जीवन बीमा १५०, उत्पादन १३, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ६४ र व्यापार उपसमूह ३२ अङ्क घटे । सेन्ट्रल फाइनान्सको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनआईसी एसिया बैङ्क, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी र एसबीआई क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस