२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना : प्रदीप ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूले महँगीका विषयमा बोलेको कुरालाई लिएर ट्रोल बनाएकामा असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको आज (बिहीबार)को बैठकमा बोल्दै उनले आफूले सार्वजनिक कार्यक्रममा महँगी बढेको विषय उठाउँदा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

२ साउनमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण विभागले गरेको कार्यक्रममा उनले मूल्यवृद्धि अचाक्ली बढेको औँल्याउँदै आफू पूर्वमन्त्री भए पनि घरमा दुईथरि तरकारी पकाएर खान सक्ने अवस्था नभएको बताएका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा ज्ञवालीले खाना खाइरहेको तस्बिर सार्वजनिक गर्दै ज्ञवालीमाथि व्यङ्ग्य गरिएको थियो ।

उनले भने, ‘सत्तारुढ दलका कतिपय नेता कार्यकर्ता मूल्य बढ्नु समस्या हो भन्ने स्वीकार गर्नुभन्दा फोटोसप गरेर हुन्छ कि के गरेर हुन्छ ट्रोल बनाउनेतिर लाग्छन्,’ उनले भने, ‘अस्ति मैले यही विषय उठाएको थिए, साथीहरुले मैले अमेरिकामा खाना खाइरहेको फोटो छापेर दुई थरी तरकारीको कुरा गर्नुभयो । त्यसो गरेर उहाँहरुको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।’

ज्ञवालीले खाद्यान्नमा समग्रमा ४० प्रतिशत, इन्धनमा ४२ प्रतिशत मूल्य बढेको तथ्याङ्क पेस गर्दै उनले सरकारको ध्यानाकर्षण गराए । मूल्य नियन्त्रणका लागि राहत दिने, सुपथ मूल्य पसल चलाउने, बजार अनुगमन र कारबाही गर्ने लगायतका उपाय रहेको भन्दै एमाले उपमहासचिव ज्ञवालीले भने, ‘सरकारको ध्यान यो कुनै पवि विषयमा छैन ।’