उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फर्छ्योट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फर्छ्योट


५ श्रावण २०७९, बिहिबार


जनकपुरधाम । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।

आव २०७८/७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फर्छ्योट गरिएको थियो ।

अदालतका रजिस्ट्रार खङ्गराज अधिकारीका अनुसार आव २०७७/७८ देखि जिम्मेवारी सरेर आएका दुई हजार ४६६ मुद्दामध्ये एक हजार ७४४ र आव २०७८/७९ मा नयाँ दर्ता भएका दुई हजार २५८ मुद्दामध्ये ५७८ मुद्दा फर्छ्योट गरिएका थिए ।

अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ७२२ र आव २०७८/७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ६८० मुद्दा फर्छ्योट गर्न बाँकी रहेको अधिकारीको भनाइ छ ।

आव २०७८/७९ मा सरल किसिमका १२२, समान्य किसिमका ४५६, विशेष किसिमका ९९७ तथा मार्ग समूहमा नपर्ने/डिसीएम लागू हुनुपुर्वका ७४७ मुद्दा फर्छ्योट भएका छन् ।

आव २०७७/७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् एक हजार २१६ मुद्दा फर्छ्योट गरेको थियो भने आव २०७६/७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार ७२ मुद्दा फर्छ्योट गरेको थियो ।

सो अदालतले आव २०७५/७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २१२ मुद्दा फर्छ्योट गरेको थियो ।

कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षितरूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्यन्यायाधीश विनोद शर्माले बताए ।

अघिल्लो आवको तुलनामा यस वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस