अर्थमन्त्री प्रकरण : संसदीय विशेष समितिको म्याद थपिने  « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्री प्रकरण : संसदीय विशेष समितिको म्याद थपिने 


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ। 

छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए।

समितिको सिफारिस अनुसारको प्रस्ताव सभामुखले संसदमा निर्माणार्थ पेस गर्नुपर्नेछ। संसदले प्रस्ताव पारित गरेपछि समितिको म्याद थप हुनेछ।

विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाएको छ।

त्यहाँबाट पनि प्रतिवेदन नआएकाले निष्कर्षमा पुग्न समितिको म्याद थप गर्नुपर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताए।

बिहीबारको बैठकमा समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो। समितिमा उनले सिसिटिभीको स्टोरेजबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै विज्ञसँग छलफल गर्न भनेका थिए। 

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशनै नभएको जिकिर गर्दै शर्माले आफ्नो विश्वास नलागे सुरक्षाकर्मी तथा मर्यादापालकलाई समेत सोधपुछ गर्न समितिलाई सुझाव दिए।

Tags :
प्रतिक्रिया दिनुहोस