बाबुरामलाई प्रचण्डको प्रस्ताव : नेकपा (समाजवादी केन्द्र) बनाऔँ, भट्टराईको जवाफ के ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बाबुरामलाई प्रचण्डको प्रस्ताव : नेकपा (समाजवादी केन्द्र) बनाऔँ, भट्टराईको जवाफ के ?


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् ।

अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् ।

‘अब पार्टी एकता गरौँ र समाजवादी केन्द्र बनाऔँ । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो । भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले केही दिनदेखि डा.भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस