अध्यक्ष नेम्वाङ बैठक छाडेर हिँडेपछि एन्फा कार्यसमिति बैठक स्थगित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अध्यक्ष नेम्वाङ बैठक छाडेर हिँडेपछि एन्फा कार्यसमिति बैठक स्थगित


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । 

बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो । ‘अध्यक्षज्यू बीचमा नै उठेर हिँड्नु भएपछि आजको बैठक स्थगित भएको छ,’ कार्यसमितिका एक सदस्यले बताएका छन् । 

बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको थियो । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको थियो । 

बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको थियो । जसमा विवादित नेपाल सुपर लिग ्(एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको थियो । 

पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आएका नेम्वाङ निकै दबाबमा रहेका छन् । 

पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आएका नेम्वाङ निकै दबाबमा रहेका छन् । 

तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, तीन सह महासचिव, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा उनले नियुक्ति गर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस