काठमाडौँको फोहोर एक साता नउठ्ने, घरभित्रै सुरक्षित राख्न महानगरको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँको फोहोर एक साता नउठ्ने, घरभित्रै सुरक्षित राख्न महानगरको आग्रह


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । उपत्यकाको फोहोर कम्तिमा एक साता नउठ्ने भएको छ। 

काठमाडौँ महानगरले एक सूचना जारी गर्दै बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली-१ को सडक निर्माण कार्य भइरहेकाले तत्काल फोहोर उठाउन नसकिने बताएको हो।

महानगरले एक हप्ता सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने बताएको हो। 

महानगरले कम्तीमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई सडक चोक र सार्वजनिक स्थानमा नफाली घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस