आज बस्दै राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आज बस्दै राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक 


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा बैठक बस्न लागेको हो । 

 बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिए । 

यसअघि असार २९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस