विप्लवसहितको ‘वाम गठबन्धन’ले आज सङ्घर्षको कार्यक्रम घोषणा गर्दै  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विप्लवसहितको ‘वाम गठबन्धन’ले आज सङ्घर्षको कार्यक्रम घोषणा गर्दै 


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । विप्लव नेतृत्वको नेकपासहितका साना दलहरूको ‘वाम गठबन्धन’ ले बिहीबार सङ्घर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् । बिहीबार अपराह्न बस्ने बैठकले आगामी सङ्घर्षका कार्यक्रम र कार्यगत एकतालाई अरू व्यापक बनाउने निर्णय विज्ञप्तिमा जनाइएको छ । 

यसअघि बुधबार बसेको बैठकले साना वामपन्थी दलहरूले कार्यगत एकतालाई थप व्यापक बनाउने गरेको थियो । 

गठबन्धन गर्ने वामपन्थी दलहरूमा विप्लव नेतृत्वको नेकपा माओवादी,  मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा ९माओवादी समाजवादी० र सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस