२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । सो अवसरमा मन्त्री पौडेलले छलफलमा उठेका प्रश्नको जवाफ दिए ।

संशोधनकर्ताका तर्फबाट छलफलमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले उक्त विधेयकको सराहना गरे ।

सांसद देवेन्द्र दाहालले विज्ञान र प्रविधिसँग जोडिएको विधेयक महत्त्वपूर्ण रहेको बताउँदै अन्तर्राष्ट्रिय जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा विकास गर्नुपर्नेलगायत केही संशोधन प्रस्ताव राखे ।

सांसद डा. बेदुराम भुसालले ५४ संशोधनमध्ये समावेशी, छात्रवृत्ति, प्रत्यायोजित व्यवस्था कम गर्नुपर्नेलगायत २१ संशोधन आफूहरुको रहेको जानकारी दिए ।

सांसद सुरेश आलेले विश्वविद्यालय आउनु सराहनीय भएको भए पनि विचार उत्पादन गर्नेलगायत केही विषय परिमार्जन गर्नुपर्ने बताए ।

सांसद खिमलाल देवकोटाले मुलुकका ११ विश्वविद्यालयमा पाँच लाख ५६ हजार विद्यार्थी भएकामा त्यसको ८० प्रतिशत त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने गरेकाले शिक्षाको विकास गर्ने नाममा विश्वविद्यालय खोल्न प्रतिस्पर्धा गर्न नहुने बताए ।

सांसदहरु सुमित्रा विसी, तुलसाकुमारी दाहाल, भैरवसुन्दर श्रेष्ठ, गङ्गाकुमारी बेल्बासेलगायतले प्राविधिक शिक्षाको विकास हुने विश्वास व्यक्त गरे ।

यसअघि विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले देशमा परनिर्भरता बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै स्वदेशी उत्पादन बढाउन आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।

सांसद सोनम ग्याल्जेन शेर्पाले केन्द्रीकृत अधिकारलाई विकेन्द्रीकृत गरी गाउँको विकास गर्न सङ्घीयताको महत्त्व रहेकाले यसको खारेजी गर्न नहुने बताए । त्यस्तै सांसद नारायणदत्त मिश्र, मोहममद खालिदलगायतले देश विकासका लागि समाजवादी प्रजातन्त्रको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस