करार कर्मचारीद्वारा तालाबन्दी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

करार कर्मचारीद्वारा तालाबन्दी


२ श्रावण २०७९, सोमबार


सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूले तालाबन्दी गरेका छन् । २०७४ सालमा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अनावश्यक रूपमा कर्मचारी नियुक्त गरेको भन्दै एमाले नेतृत्वको टिमले बिदा गरेका करारका कर्मचारीहरूले सोमबार(आज) कार्यालयमा तालाबन्दी गरेका छन् ।

आन्दोलनरत कर्मचारीहरूले करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौता साउन १ गतेबाट नवीकरण नहुने निर्णय गरेको थियो ।

सबै वडा कार्यालयमा कार्यरत बगैंचे, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालकबाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका सवारी चालक एक जना, विद्यालयतर्फको गेटपाले, माध्यमिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नवीकरण नभएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस