गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए सबै कार्यक्रम बिथोल्ने चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए सबै कार्यक्रम बिथोल्ने चेतावनी


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष डुजाङ शेर्पा शेर्पाले गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । 

अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरू बिथोल्ने चेतावनी दिए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए सडकमा उनका विरुद्ध आगो बाल्ने चेतावनी दिइन् । अध्यक्ष सिंहले पनि गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी दिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस