करारका कर्मचारी हटाइएपछि प्रदर्शन, दैलेखमा गोली चल्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

करारका कर्मचारी हटाइएपछि प्रदर्शन, दैलेखमा गोली चल्यो


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डिएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताए । घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस