अनुसन्धानको एआइजीमा थापा नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अनुसन्धानको एआइजीमा थापा नियुक्त


३१ असार २०७९, शुक्रबार


Rastiya anusandhan bivag_raabiराष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको एआईजी सरहको एक मात्र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदीप थापालाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले यही साउन पहिलो साता अनिवार्य अवकाशमा जान लागेका थापालाई फुली थप्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।

वैशाख ९ मा विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादव रेग्मी अवकाशमा गएसँगै रिक्त छ पदका लागि २०७४ भदौ १४ मा डिआइजी भएका ४ अधिकृतहरू हुत राज थापा, कुल दीप थापा, हरिहर पौडेल र होम जोशी प्रतिस्पर्धामा रहेका थिए भने दोस्रो लाईनमा त्यसपछि बढुवा भएका ४ जना टेकेन्द्र कार्की, प्रकाश पाण्डे, सुमन वैद्य र मधु कार्कीसमेत नेतृत्वका दावेदार मानिँदै आएका थिए ।

सम्बन्धित समाचार : रिक्त भएको तीन महिना पुग्नै लाग्दा पनि अनुसन्धान विभागले पाएन एआइजी

गुप्तचर जस्तो संवेदनशील निकायमा दोस्रो व्यक्ति नै नहुँदा विभागको कामकारवाहीमा असर परेको मात्र नभई अनावश्यक चलखेलको बाटोसमेत खुल्ला भएकोबारे केही दिन अघि मात्रै प्रशासन डटकमले समाचार प्रकाशित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस