काठमाडौँ । जनार्दन शर्मामाथि छानबिन गर्न आज (शुक्रबार) संसदीय समितिको बैठक बस्दै छ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।
बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्नेछ ।
हिजो (बिहीबार) सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेन्डामा छलफल हुन नसकेको बताएको थियो ।
सम्बन्धित समाचार : जनार्दन शर्माबाट विवरण नआउँदा छानबिन समितिको बैठक भोलिलाई सर्यो
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै एमालेका ४ जनासहित ११ सदस्य रहेको संसदीय विशेष छानबिन समिति बनेको छ।
पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका छन् ।







