जनार्दन शर्माबाट विवरण नआउँदा छानबिन समितिको बैठक भोलिलाई सर्‍यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जनार्दन शर्माबाट विवरण नआउँदा छानबिन समितिको बैठक भोलिलाई सर्‍यो


३० असार २०७९, बिहिबार


काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको आज बसेको बैठकले भोलि (शुक्रबार) अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ ।

आज (बिहीबार) सिंहदरबारमा बसेको बैठकले अर्थ मन्त्रालयका पूर्वअर्थमन्त्री शर्मासँगबाट विषय कागज र विवरण नआएकाले ठोस एजेन्डामा छलफल हुन नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले बुधबार अर्थ मन्त्रालयलाई पूर्वअर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण माग गरे पनि नआएको र बिहीबार कार्यालय समयभित्र आउने अपेक्षा गरेको बताए ।

सचिव शर्माले समितिले तोकिएको समयमा नै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोणसहित कार्यतालिका पास गरेको बताउँदै अब सात दिनभित्रै अध्ययन प्रतिवेदन लेख्ने गरी काम गर्ने सहमति भएको बताए ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हो । छानबिन समिति बनेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस