२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ र राजश्व सचिवलाई जिम्मेवारीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

अ+ अ-

काठमाडौँ । अर्थको सिसिटिभी प्रकरणमाअर्थ र राजश्व सचिवलाई जिम्मेवारीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कानुन व्यवसायीहरू बाबुराम अर्याल, सरोजकृष्ण घिमिरे, शिशिरकुमार यादव र बिना यादवले बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करलाई तत्काल जिम्मेवारीबाट अलग गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

बजेट निर्माण प्रक्रियामा गोपनीयता अपनाउनुपर्ने कानुन र सिसिटिभीलगायत सूचना प्रविधिको प्रयोगबाट निर्माण हुने डेटा संरक्षणका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा आदेश दिन माग गरिएको रिटमा सचिवद्वय पदमै रहँदा प्रमाण नष्ट गर्न सक्ने भएकाले उनीहरूलाई जिम्मेवारीबाट अलग गर्न माग गरिएको हाे ।

सर्वोच्च अदालतमा दर्ता रिट निवेदनमा भनिएको छ ‘विपक्षीहरू बहाल रहेको अवस्थामा सम्बन्धित प्रमाण नष्ट हुन सक्ने भई अनुसन्धानलाई प्रतिकूल असर पर्ने भएकाले निजहरूलाई तत्काल तोकिएको जिम्मेवारीबाट अलग गरी अनुसन्धानलाई सघाउने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरी पाऊँ,’

बजेट निर्माणमा अपनाउनुपर्ने गोपनीयताबारे स्पष्ट कानुनको अभाव रहेको भन्दै रिटमा तीनै तहको सरकारको बजेट निर्माण तथा प्रस्तुति गर्ने प्रक्रियामा मन्त्रालय, सम्बन्धित सचिव तथा मन्त्रीसमेतले गोप्यता कायम गर्नुपर्ने कानुन तर्जुमा गरी लागू गर्न आदेश समेत माग गरिएकाे छ ।

अर्थ मन्त्रालयमा जडान गरिएको सिसिटिभी क्यामेराले खिचेको रेकर्ड कानुनले तोकेको समयसम्म सञ्चय नगरी मेटाउने कार्य विद्युतीय कारोबार ऐन, मुलुकी अपराध संहिता तथा सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि विपरीत भएको भन्दै त्यसमा पनि तत्कालीन मन्त्री शर्मा र सचिव द्वय मरासिनी र पुष्करलाई कारबाही गर्न माग गरिएको छ ।

साथै, रिट निवेदकले अर्थ मन्त्रालयमा जडान भएको सिसिटिभी क्यामेरा तथा त्यसको सम्पूर्ण प्रणालीको खरिद प्रक्रिया सम्बन्धित कागजात झिकाई कानुन विपरीतको खरिद भएको पाइएमा कारबाही गर्न आदेश माग्नुका साथै मुद्दाको टुङ्गो नलागुन्जेलसम्म अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयसमेत रहेको सिंहदरवार परिसरभित्रको सुरक्षा संवेदनशील सिसिटिभी क्यामेरा तथा त्यस क्यामेरामा कैद भएका डेटा सुरक्षित तवरले सञ्चय गरी राख्नु पनि माग गरेका छन् ।