पाँच विधेयक प्रमाणीकरणका लागि पठाइयो राष्ट्रपति कार्यालय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाँच विधेयक प्रमाणीकरणका लागि पठाइयो राष्ट्रपति कार्यालय


३० असार २०७९, बिहिबार


काठमाडौँ । तेजाब तथा घातक रासायनिक पदार्थको नियमन, यौन हिंसा विरुद्धका ऐन संशोधनलगायत पाँच विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ ।

सभामुख सापकोटाले बिहीबार ती विधेयक प्रमाणित गरेर प्रमाणिकरणका लागि पठाएका हुन् ।

संघीय संसद् सचिवालयका अनुसार तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामुखले प्रमाणित गरेका हुन् ।

ती विधेयकहरू राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस