प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे गभर्नर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीले बोलाएपछि बालुवाटार पुगे गभर्नर


३० असार २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्रीले डाकेपछि राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार अहिले उनले प्रधानमन्त्रीलाई बिफ्रिङ गरिरहेका छन् । 

नेकपा एमालेको अर्थ विभागको सदस्यका रूपमा काम गरिरहेको भन्दै अधिकारीको एम अधिकारीका रूपमा चर्चा भइरहेको छ । 

सांसदबाटै उनलाई राजीनामा दिएर बाहिरिन सुझावसमेत आइसकेको छ । बालुवाटारले अधिकारीलाई आर्थिक अवस्थाका विषयमा ब्रिफिङका लागि बोलाएको स्रोतले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस