गोरखामा युवकको शव फेला  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोरखामा युवकको शव फेला 


३० असार २०७९, बिहिबार


काठमाडौँ । गोरखा बजारस्थित खोलखोले नजिकै एक युवकको शव फेला परेको छ।

गोरखा नगरपालिका वडा नम्बर ८ आहालेका २१ वर्षीय अनिष मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले बताए।

नालीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। चोटपटक लागेको देखिएकोले उनीमाथि कसैले कुटपिट गरेको हुनसक्ने अनुमान छ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्दैछ।

Tags :
प्रतिक्रिया दिनुहोस