धनगढी। आज काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा एक यात्रुले चुरोट तान्नेका छन् ।
उडान नं २५३ बाट अपराह्न धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए ।
धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको छ ।
अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।