छानबिन गर्न गठित संसदीय विशेष समिति आज पुग्यो अर्थ मन्त्रालय « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

छानबिन गर्न गठित संसदीय विशेष समिति आज पुग्यो अर्थ मन्त्रालय


२९ असार २०७९, बुधबार


काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमा छानबिन गर्न गठित संसदीय विशेष समिति बुधबार (आज) अर्थ मन्त्रालय पुगेको छ ।

समिति सचिव सुरेन्द्र अर्यालसहित समितिका १० सदस्य र कर्मचारीले मन्त्रालयको सचिव, आइटी कक्ष, बजेट महाशाखालगायतको निरीक्षण गरेर फर्किएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको हो वा होइन पत्ता लगाउन बिहीबार २ बजेभित्र अर्थ मन्त्रालयको सिसिटिभी फुटेज उपलब्ध गराउन संसदीय विशेष समितिले निर्देशन दिएको थियो । त्यसको जवाफ आउनुअघि मन्त्रालयको संरचनागत अवलोकन गर्न छानबिन टोली गएको हो ।

११ सदस्यीय समितिले मङ्गलवारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस