मलाई धेरै नजिस्क्याउनुस्, फेरि विधान संशोधन गरेर सभापति हुन्छु : देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मलाई धेरै नजिस्क्याउनुस्, फेरि विधान संशोधन गरेर सभापति हुन्छु : देउवा


२९ असार २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई फेरि सभापति हुने मन नभएको तर निहुँ खोजे फेरि विधान संशोधन गरेर सभापति हुने घुर्की लगाएका छन् ।

बुधवार पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति देउवाको आलोचना गर्दै चुनावमा गठबन्धन गर्न आवश्यक नभएको बताएका थिए । केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गठबन्धन गरेर चुनाव त जितिएला तर पार्टीले हार्ने बताएका थिए ।

उनलाई जवाफ दिँदै सभापति देउवाले ‘मलाई धेरै नजिस्क्याउनुस् तपाईँहरू, राम्रो पार्टी बनाएर योग्य नेतालाई छोड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु’ भनेको एक नेताले बताए ।

काँग्रेसको विधानमा एक जनाले दुई पटक मात्र सभापति हुन पाउने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस