गगन र विश्वप्रकाशलाई नेताहरुकाे भने : केटाकेटी जस्तो नहुनुस्, फेरि तपाईँहरूलाई बहिस्कार गर्ने बेला नआओस् « प्रशासन
Logo १५ जेष्ठ २०८१, मंगलबार
   

गगन र विश्वप्रकाशलाई नेताहरुकाे भने : केटाकेटी जस्तो नहुनुस्, फेरि तपाईँहरूलाई बहिस्कार गर्ने बेला नआओस्


२९ असार २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् ।

महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै नेताहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका हुन् ।

केन्द्रीय समिति बैठक अघि डा. शेखर कोइराला पक्षले बोलाएको भेलामा महामन्त्री थापा सहभागी भएका थिए । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर गुटको बैठकमा किन सहभागी भएको भनी थापामाथि प्रश्न उठाएका थिए ।

बुढाथोकीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘महामन्त्री नेता हो, तर केटाकेटीजस्तो भएर बस्नुभएन, तपाईँहरूलाई बहिस्कार गर्ने बेला नआओस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस