भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी (फोटो फिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी (फोटो फिचर)


२९ असार २०७९, बुधबार


काठमाडौँ। भृकुटीमण्डपमा रहेको ह्वील चेयर गोदाममा आगलागी भएको छ ।

अहिले उक्त गोदाम भएको आगलागी नियन्त्रणमा आइसकेकाे छ ।

आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौँ र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रकसमेत खटिएका थिए ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे हाे ।

त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पनि आगलागी स्थलमा पुगेका थिए । आगलागीका हुनुकाे कारण र के कति क्षति भएको छ भनी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस