नागरिकता विधेयकमा राजनीतिक दलहरू बिचमा सहमति : कानुन मन्त्री « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नागरिकता विधेयकमा राजनीतिक दलहरू बिचमा सहमति : कानुन मन्त्री


२९ असार २०७९, बुधबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नागरिकता विधेयकमा राजनीतिक दलहरू बिचमा सहमति भएकाे बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले नागरिकतासम्बन्धी विधेयकलाई सर्वसम्मत बनाउने उद्देश्यले विवाद नभएका विषयहरू मात्रै समेटेर ल्याइएको बताए।

उनले विधेयकमा बुबा, आमा दुवै नेपाली नागरिक भएका सन्तानले नागरिकता पाउने, नेपालमा जन्मिएका नेपाली नागरिक र गैर नेपाली नागरिकका सन्तान नेपालमै बसोबास गरेका छन् भने नागरिकता प्रदान गरिने विषय समेटिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस